१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज २३ आइतबार १४:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाले गरे मनोनयन दर्ता, सूर्य चिह्नबाट चुनाव लड्ने

Read Time : < 1 मिनेट
२०७९ असोज २३ आइतबार १४:२४:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका छन्। नेकपा एमालेको समर्थनमा अध्यक्ष थापाले मनोनयन दर्ता गराएका हुन्।

पार्टीका महामन्त्री राजाराम बर्तौलाको प्रस्ताव र जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको समर्थनमा थापाले मनोनयन दर्ता गराएका हुन्।

उनले एमालेको सूर्य चुनाव चिह्नबाटै चुनाव लड्ने भएका छन्। तर, मनोनयन दर्ताको समयमा थापासँग एमाले मकवानपुरका कोही पनि नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थिएन।

शुक्रबार टिकट पाएका एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानालाई ब्याक गर्दै थापाले अन्तिम समयमा टिकट पाएका हुन्। थापाले मकवानपुर– १ बाटै ०७४ को चुनावमा एमालेका एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए।

कमल थापाले टिकट पाएसँगै एमाले मकवानपुरमा भने व्यापक विरोध भएको छ। रामेश्वर रानाले नै टिकट पाउनुपर्ने भन्दै एमाले कार्यकर्ताले बिहानै एमाले पार्टी कार्यलयमा तालाबन्दीसमेत गरेका थिए।

मनोनयन दर्तापछि अध्यक्ष थापाले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय आवश्यकताले आफू एमालेको सहयोगमा चुनावी मैदानमा उत्रिएको बताए । राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि एमालेसँगको सहकार्यले निरन्तरता पाउने भन्दै थापाले मकवानपुरका जनताले यसपटक आफूलाई निराश नपार्ने दाबी गरे।