लगातारको वर्षाले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
मुग्लिङ–नारायणगढ सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन प्रहरीका अनुसार विभिन्न टोली खटाएर सडक खुलाउने पहल भइरहेको छ।
निरन्तरकाे वर्षाले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड, बेँसीसहर–चामे सडक अवरुद्ध भएका छन्।
यस्तै, नारायणी, राप्ती तथा बबई नदीमा पानीकाे बहाव खतराकाे तहमाथि पुगेकाे छ।