मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 08 December, 2022
२०७९ असोज १६ आइतबार १५:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय

Read Time : < 1 मिनेट
२०७९ असोज १६ आइतबार १५:०८:००

महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि जिल्ला समन्वय समितिको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले कार्यालय उद्घाटन गरे । कार्यालय स्थापनाको समयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाड़ी, क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठ, क्षेत्र नं २ का निर्वाचन अधिकृत अरुण झा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी, उपअनुसन्धान अधिकृत अभिनयकुमार सिंह, जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोधकुमार महतोलगायत उपस्थित थिए ।