कांग्रेसले मधेस प्रदेशमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ।
कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीको विधानबमोजिम महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठको नेतृत्वमा (प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९) घोषणापत्र तयारी समिति गठन गरेका छन्।
समिति २९ सदस्यीय रहेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए।