१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Wednesday, 02 July, 2025
२o७९ असोज १३ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री र अर्थमन्त्रीको स्वार्थ बाझिँदा सोचेअनुरूप काम गर्न सकिएन : मन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १६:४५:oo

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन्।
 
नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुरूप काम हुन नसकेको बताएका हुन्। 

गण्डकी सरकारले बजेटको वेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएकोसमेत मन्त्री थापाले बताए। 

उनले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गरे। उनले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरे। 
 
उनले भने, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमी–कमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौँ ।’

मन्त्री थापाले प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाई आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे। 

०७४ सालमा निर्वाचित भएदेखि ०७८ चैतसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए। 

उनले प्रदेश सभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष नाै लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको जानकारी दिए। 

मन्त्री थापाले सार्वजनिक गरेको विवरणअनुसार ०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ छ। जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा–सुविधासमेतको भएको मन्त्री थापाले बताए। 

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा–सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए।