टेनिसका सर्वकालीन सर्वाेत्कृष्ट खेलाडीमध्येका एक रोजर फेडेरर आफ्नो करिअरको अन्तिम खेलमा पराजित भएका छन् । पुरुष डबल्सतर्फ राफेल नाडालको जोडी बनेर कोर्टमा उत्रिएका फेडेररलाई अमेरिकी प्रतिद्वन्द्वी फ्रान्सेस टियाफो र ज्याक साकको जोडीले ६–४ ६–७ ९–११ ले पराजित ग¥यो । १७ हजार ५ सय समर्थकको उपस्थितिमा फेडेरर र नाडालको जोडीले कोर्टमा २ घन्टा १४ मिनेट बिताएको थियो । जबकि, फेडेररले आफ्नो करिअरको अधिकांश समय नाडालसँग प्रतिस्पर्धा गर्ने गरेका थिए ।
अन्तिम खेलमा पराजित भएपछि फेडेरर कोर्टमा निकै भावुक बनेका थिए । ‘म दुःखी छैन । खुसी छु । सधैँ मलाई समर्थन गर्नुभएकोमा धन्यवाद !’ फेडेररले भने । बिदाइ कार्यक्रमका दौरान फेडेररले कोर्टको मध्यभागमा आएर दुवै हात उठाउँदै आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । उनको बिदाइका क्रममा अर्का सदावहार प्रतिद्वन्द्वी नोभाक जोकोभिच पनि उपस्थित थिए । यस क्रममा फेडेररका जोडी नाडालसमेत निकै भावुक बनेका थिए । विश्व टेनिस इतिहासका तीन उत्कृष्ट खेलाडी एकै ठाउँमा उपस्थित हुँदा दर्शक पनि अनौठो मानेर नियालिरहेका थिए ।
फेडेरर आफ्नो बिदाइमा कहिले निकै खुसी देखिन्थे त कहिले निकै भावुक देखिन्थे । २० पटक ग्रान्डस्लाम उपाधि जितेका फेडेररले यो प्रतियोगिता नै आफ्नो अन्तिम हुने घोषणा गत साता नै गरेका थिए । पूर्ववाचाअनुसार खेल हारेलगत्तै फेडेररले ¥याकेट थन्क्याउने निर्णय लिएका हुन् । फेडेररले बिदाइ समारोहमा आफ्नो सफलताको जस श्रीमती मिर्कालाई दिए ।
अन्तिम ग्रान्डस्लाम अष्ट्रेलियन ओपन
गत साता फेडेररले पाँच पृष्ठको पत्र लेख्दै सन्न्यास लिने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘मलाई यो शब्द लेख्न केही समय लागेको थियो ।’ फेडेररका नाममा विश्व टेनिसमा अहिले पनि थुुप्रै किर्तिमान छन् । उनी कुनै समय ३१० सातासम्म विश्व नम्बर एक खेलाडी थिए । उनले आफ्नो करिअरमा १ सय ३ एटिपी उपाधि जितेका छन् ।
विश्व टेनिसको शीर्ष स्तरको प्रतिस्पर्धा ग्रान्डस्लाम २० पटक जित्ने कीर्तिमान सबैभन्दा पहिले फेडेररले नै बनाएका थिए । कालान्तरमा नोभाक जोकोबिच र राफाल नाडालले उनको यो कीर्तिमान तोडे । अहिले नाडालका नाममा सर्वाधिक २२ ग्रान्डस्लाम र जोकोभिचका नाममा २१ ग्रान्डस्लाम जित्ने कीर्तिमान छ ।
फेडेररले जितेका ग्रान्डस्लाम