१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी मस्को
२o८१ बैशाख ३१ सोमबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुसले सैनिक बन्दोबस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

Read Time : < 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१४:oo

युक्रेनको सैन्य अभियानबीच रुसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका उच्चपदस्थ जनरललाई प्रतिस्थापन गर्ने रुसले घोषणा गरेको छ । रुसले शनिबार अहिले युक्रेन युद्धको बन्दोबस्ती मिलाउने जिम्मेवारी सम्हालिरहेका जर्नेललाई हटाएर नयाँलाई जिम्मेवारी दिन लागेको बताएको हो ।

‘सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उनको स्थानमा जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,’ रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ । मिजिन्तसेभ गत मे महिनामा युक्रेनको बन्दरगाह सहर मारिउपोल कब्जामा लिएपछि बेलायतले प्रतिबन्ध लगाएका व्यक्ति हुन् । सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रुसी सेनामा महŒवपूर्ण बन्दोबस्तीका त्रुटि उजागर गरेको भनाइ आइरहेको समय यो जिम्मेवारी परिवर्तन भएको छ ।

केही विश्लेषकले बन्दोबस्ती रुसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन् । रुस लाखौँ जगेडा सैनिकलाई युद्धभूमिमा खटाउनुअघि बन्दोबस्तीलाई चुस्त बनाउन चाहन्छ ।

ad
ad