मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ७ शुक्रबार १८:४३:००
Read Time : < 1 मिनेट
विश्व

लाओसमा डेंगु महामारी, २५ हजारभन्दा बढी संक्रमित

Read Time : < 1 मिनेट
२०७९ असोज ७ शुक्रबार १८:४३:००

लाओसमा गत पुसदेखि देशभर डेंगु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना संक्रमित भएका छन् । बितेका २४ घन्टामा डेंगु ज्वरोका एक सय ६२ थप व्यक्ति संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस समयावधिमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यक लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ।  लाओसको राजधानी भेन्टियानमा १२ हजार आठ सय ९० जना डेंगुका बिरामी भेटिएका छन्।  लुआङ नम्था प्रान्तमा तीन हजार ६ सय १४ र अटापेउ प्रान्तमा एक हजार चार सय ५४ जनामा डेंगुका बिरामी फेला परेका छन्।