१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
काठमाडौं–कुलेखानी–हेटौँडा सडकअन्तर्गत भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा दुर्घटनाग्रस्त बस । दुर्घटनामा सातको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
मनीष खड्का रुकुम पूर्व
२०७९ असोज ७ शुक्रबार ०६:०७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मकवानपुर र रुकुम पूर्वमा यात्रुबस दुर्घटना : १२ को मृत्यु, ३८ घाइते

गाई जोगाउन खोज्दा रुकुम पूर्वमा दुर्घटना, चालकसहित पाँचको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७९ असोज ७ शुक्रबार ०६:०७:००

मकवानपुर र रुकुम पूर्वमा यात्रुबाहक बस दुर्घटनामा १२ को मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सात र रुकुम पूर्वको भूमे गाउँपालिका– ३ क्याङ्सीबगरमा पाँचजनाको मृत्यु भएको हो । 

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा.३ख ७८५८ नम्बरका बस बिहीबार दिउँसो २:३० बजे जुरिखेतस्थित एघार घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राति अबेरसम्म मृतकमध्ये दुईजनाको मात्रै सनाखत भएको छ । नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बारा झिटकैया– ४ की ३३ वर्षीया अन्दुल्लाहा मियाँ ठकुराईको सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए । न्यौपाने सेनामा कार्यरत थिए । 

३३ जना सवार मिनीबस ओरालो घुम्तीमा ब्रेक नलाग्दा करिब ६० मिटर तल अर्को घुम्तीमा खसेको थियो । तल्लो घुम्तीमा खसेको बसले हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७१ नम्बरको टाटासुमोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाटासुमोमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । उपत्यकामा सञ्चालित बस कन्डिसन चेक नगरी लामो दूरीमा चलाउँदा ब्रेक फेल भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

काठमाडौंबाट बस चलाएर गएका चालकले भीमफेदी–६ देउरालीनजिक होटेलबाट खाजा खाएपछि अर्को चालकलाई स्टेरिङ जिम्मा लगाएका थिए । दोस्रो चालकले गाडी जिम्मा लिएको केही समयमै दुर्घटनामा परेको हो । दुवै चालक प्रहरीको सम्पर्कमा नरहेको जनाइएको छ । ब्रेक फेल भएपछि चालक बसबाट हामफालेर भागेको एक प्रत्यक्षदर्शीले बताए ।

२६ घाइतेमध्ये गम्भीर अवस्थाका तीनजनालाई भरतपुर लगिएको छ । बाँकी २३ को हेटौँडा अस्पतालमै उपचार भइरहेको एसपी गौतमले बताए । गाडी दुर्घटनापछि हेटौँडा–भीमफेदी–काठमाडौं छोटो मार्ग दुई घन्टासम्म अवरुद्ध भएको थियो ।