चितवनमा बच्चा अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ४ असोजमा दिउँसो १२:३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ गन्जानगरका ४ वर्षका बालकलाई भारत देश रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले ललाइफकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।