मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ असोज ४ मंगलबार २२:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भारतबाट ल्याइएको अस्वस्थ्यकर माछा यसरी गरियाे नष्ट (भिडियाे रिपाेर्टसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार २२:५५:oo

भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएको अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । मंगलबार भारतबाट भन्सार छली काठमाडौँ लैजाँदै गरेको दुई हजार किलो र सोमबार वीरगन्जबाट पोखरा लैजाँदै गरिएको ६ सय २० किलो माछा चितवनमा नष्ट गरिएको हो ।

नष्ट गरिएका माछा भारतीय भए पनि बिल र भेटेरिनरी प्रमाणपत्र भने रुपन्देहीको राधिका मत्स्य फर्मबाट बनाइएको थियो । भारतबाट साइकलमा ल्याई ठुटीबारीबाट लु. २च ६८९८ नम्बरको गाडीमा राखेर काठमाडौँको कालिमाटी लैजाँदै गर्दा ती माछा रामनगरमा नियन्त्रणमा लिइएको थियो । 

बिलअनुसार चार लाख ५४ हजार मूल्यबराबरको माछा नियन्त्रणमा लिइएको हो । जसमा रहु २० पेटी र बैखी ३० पेटी थिए । ती माछा भौतिक रूपमा हेर्दा नै सडेको  र गन्ध आएको अवस्थामा रहेकाले पशुस्वास्थ्य तथा पशु सेवा नियमावलीअनुसार नष्ट गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका शिरीष गौतमले बताए । 

भारतीय माछाको अवैध आयात रोक्न १ असोजदेखि नाकामा किसानकै सक्रियतामा अनुगमन बढेको छ । भारतबाट अखाद्य केमिकल हालेर माछा आउने र नेपालमा उत्पादित माछा बिक्री गर्न कठिन हुने भएपछि बागमती प्रदेशका तीन स्थानमा रहेका चेकपोस्टमा प्रहरी, सशस्त्र प्रहरी, क्वारेन्टिन अफिसरसहित मत्स्य व्यवसायी संघका प्रतिनिधिमार्फत् माछाको भन्सारसँगै क्वारेन्टिनबारे चेकजाँच हुँदै आएको छ । 

चितवनको आँपटारी, मकवापुरको रातमाटे र सिन्धुलीमा गरेर अहिलेसम्म करिब ५० क्विटल माछा नष्ट गरिसकिएको गौतमले जानकारी दिए । 

चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार माछामा आत्मनिर्भर भनिएको चितवनमा वार्षिक ६ हजार पाँच सय मेट्रिकटन माछा उत्पादन हुन्छ । तर, भारतबाट भन्सार छलेर अस्वस्थ्यकर माछा ल्याउने गरिएको छ । नेपालको माछाको प्रमुख बजार काठमाडौँ हो । यसरी आएको माछा पनि काठमाडौँ नै पुग्ने गरेको छ । 
 

 
२ हजार किलो माछा चितवनमा यसरी नष्ट गरियो

२ हजार किलो माछा चितवनमा यसरी नष्ट गरियो Video Report : Bibek Pokhrel #Quarantine #fish #nayapatrika

Posted by Naya Patrika on Tuesday, September 20, 2022