१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Monday, 01 July, 2024
दीपक भट्ट रामेछाप
२o७९ असोज ४ मंगलबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक सञ्चालन

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १२:४८:oo

जिल्ला अस्पताल रामेछापले पहिलोपटक सोमबारबाट रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएको छ। अस्पतालमा उपचार लिन आउने सेवाग्राहीले रगत अभावमा भौँतारिनु नपरोस् भनेर जिल्ला अस्पतालमै रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको सहयोगमा ब्लड बैंकको स्थापना गरिएको हो।

संंविधान दिवसको अवसर पारेर सुरु गरिएको उक्त ब्लड बैंकको उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले गरे। ब्लड बैंकको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले पहिलोपटक जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गरिएको बताए। 

कार्यक्रममा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई उपचारमा कुनै कमी आउन नदिन आफ्नो टिम दत्तचित्त भएर लागिपरेको बताए। उनले भने, ‘मुटु रोगका बिरामीलाई ध्यान दिँदै आउँदो मंसिरबाट जिल्ला अस्पतालमा मिर्गाैलारोगीहरूका लागि डाइलाइसिस सेवा सुचारु गर्ने गरी सबै प्रक्रिया अघि बढेको छ।’

जिल्ला अस्पतालमा सुविधासम्पन्न नयाँ भवन निर्माण तथा प्रदेश र संघीय सरकारबाट अस्पतालाई आवश्यक उपकरणहरू प्रदान गरेसँगै अहिले सेवा लिन अस्पताल आउनेको संख्यामा वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ।

संंविधान दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा रामेछाप नगरपालिकाकी  उपप्रमुख बाला कार्की, प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, नेपाली कांग्रेस रामेछापका जिल्ला उपसभापति लेखबहादुर कार्की, जिल्ला रेडक्रस सोसाइटीका सदस्य ढालविक्रम कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलगायतको उपस्थिति थियो।

ad
ad
ad
ad