Skip This
राष्ट्रपति–प्रधानमन्त्री भेट जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३ सोमबार १९:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति–प्रधानमन्त्री भेट जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १९:५o:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ। 

भेटको विषयवस्तुबारे औपचारिक जानकारी दिइएको छैन । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले दोस्रोपटक पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकबारे छलफल केन्द्रित रहेको अनुमान गरिएको छ । 

संसद्ले दोस्रोपटक पारित गरेर पठाएको विधेयक १४ दिन हुँदा पनि राष्ट्रपतिले प्रमाणीकरण गरेकी छैनन् । विधेयक प्राप्त भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता राष्ट्रपतिलाई रहेको छ । 

राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले सत्तासाझेदार दल माओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । सो छलफल पनि राष्ट्रपति कार्यालयमा अड्किएको नागरिकता विधेयकमा केन्द्रित रहेको थियो ।