Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गाउँमै मतदान केन्द्र तोकिएपछि खुशी मासपुरबासी
२०७९ असोज ३ सोमबार १३:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोट हाल्नकै लागि तीन दिन हिँड्नुपर्ने मासपुरमा तोकियो मतदान केन्द्र

Read Time : < 1 मिनेट
२०७९ असोज ३ सोमबार १३:४३:००

०४८ को जनगणनामा मात्रै समेटिएका हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरमै मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि मत दिनकै लागि तीन दिन हिँड्नुपर्ने मतदाताको बाध्यता हटेको छ।

राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ। गाउँमै मतदान केन्द्र राखिएको खबर सुनेपछि आफूहरूलाई सपनाजस्तै लागेको भन्दै मासपुरका ८२ वर्षीय दलवीर रोकायाले खुसी व्यक्त गरे। ०७४ को निर्वाचनमा तीन दिन खर्चिएर मतदान गर्न छप्रेला पुग्न बाध्य भएको रोकायाको अनुभव छ।  ‘यो वर्ष  त चार दिन पो लाग्यो,’ वैशाखमा भएको स्थानीय तह निर्वाचनको दुःख उनले सुनाए। 

अगामी मंसिर ४ मा हुने निर्वाचनमा भने आफ्नै गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी देखिएका छन्। स्थानीय केशबहादुर रोकायाका अनुसार दिनभर पैदल हिँड्नुपर्ने भएपछि अधिकांश मतदाता गाउँमै  छुट्ने गरेका थिए। केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे। ‘यसअघिका निर्वाचनमा मतदान गर्न ताजाँकोटकै छप्रेला जान्थ्यौँ। तीन दिन लगाएर मतदान गर्थ्यौँ। आउँदा–जाँदा खानाका लागि रासन पानी बोकेर जानुपर्ने बाध्यता थियो,’ उनले भने।

यसअघि महिलाहरू दूधेबालक र पुरुषहरू रासन बोकेर तीन–चार दिनको समय लगाएर मतदान गर्न जान्थे। यस्तो दुःखपूर्ण दौडधुप गर्नुपर्दा रोकायालाई यो सबै मतदाता नामावली बनाउँदा पाएको सजायजस्तो लाग्थ्यो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका  अनुसार साबिक मतदानस्थल ४६ कायम  छन्।  ठाउँसारी कायम चारवटा र सातवटा नयाँ थपसमेत गरी ५७ वटा मतदानस्थल पुगेको छ। हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला गरी जम्मा ५० मतदाता रहेका रानाले जानकारी दिए। २३ घरधुरी रहेको मासपुरको कुल जनसंख्या एक सय तीन रहेको छ।