१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २ आइतबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज र भोलि समानुपातिकको बन्दसूची पेस गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १o:२४:oo

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले आज र भोलि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गर्दै छन् ।  

यससँगै आजबाट प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । 

निर्वाचन आयोगको निर्णयअनुसार आज नै समानुपातिक उम्मेदवार टुंग्याउने ठूला दलको तयारी छ । दलहरूले आइतबार र सोमबार प्रतिनिधिसभातर्फ एक सय १० र प्रदेश सभातर्फ दुई सय २० जना सदस्यका लागि बन्दसूची पेस गर्नेछन् । 

निर्वाचन आयोगका अनुसार  बन्दसूचीमा दलहरूले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ । यस्तै बन्दसूचीमा ५० प्रतिशत महिलालाई सिफारिस गर्नुपर्ने हुन्छ ।
 

ad
ad
ad
ad