मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १ शनिबार
  • Tuesday, 15 July, 2025
रासस इस्लामावाद
२o७९ असोज १ शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा बाढीका कारण थप ३७ जनाको मृत्यु, ९२ जना घाइते

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १४:५५:oo

पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन्। यो वर्षको बर्खेझरीका कारण पाकिस्तानका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका बताइएको छ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन्। बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन्।