१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Friday, 05 July, 2024
२o७९ असोज १ शनिबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले घर पुरिँदा  अछाममा नौ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार o८:२५:oo

अछामको तुर्माखाँद गाउँपालिका–५, नाडामा पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । पहिरोले दुई घर पुरिएका छन् । गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनिषा शाही र छोरी बिमला शाही बेपत्ता भएका छन् । पहिरोमा रितबहादुर शाही  (रिठे) कि बुहारी भावना शाही, कमला शाही तथा छोरा सून्दर शाही र उनकी दुई नातिनी पनि बेपत्ता छन् ।

त्यस्तै काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही पनि पहिरोमा हराएकी छन् । नेत्रबहादुर शाहीका घरका सबै सदस्यहरु वेपत्ता छन् भने रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् । नेत्र र रितबहादुर शाही दुबैका घरमा पहिरोल पूर्ण रुपमा क्षति गरेको छ भने स्थानीय मिनबहादुर शाहीकी छोरी जानकी शाही साथीसँग बास बस्न नेत्र शाहीको घरमा गएका बेला पहिरो जाँदा उनी पनि वेपत्ता भएकी हुन् । 

उद्धारका लागि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा खबर गरेपनि बिहान ८ बजेसम्म घटना स्थलमा कोहि पनि नपुगेको स्थानी टोपेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार पहिरोले अन्य कति क्षेति भयो भन्ने एकिन हुन सकेको छैन् । 

ad
ad
ad
ad