मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार २२:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार २२:२०:००

देशभर डेंगु संक्रमितको संख्या १३ हजार सातजना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बिहीबारसम्मको तथ्यांकअनुसार ७५ जिल्लामा फैलिएको डेंगुबाट उपत्यकासँगै तराईका जिल्ला बढी संक्रमित भएका छन् । त्यस्तै, हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । 

महाशाखाको तथ्यांकअनुसार ललितपुरमा चार हजार ९८ र काठमाडौंमा तीन हजार ५२ जनामा डेंगु संक्रमण भएको छ । संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको मकवानपुरमा एक हजार चार सय २२ जना संक्रमित भएका छन् । 

हाल हुम्ला र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा डेंगु फैलिएको छ । प्रदेशअनुसारको तथ्यांकमा बागमती प्रदेशमा मात्रै नौ हजार नौ सय ७१ जना डेंगु संक्रमित छन् । 

लुम्बिनीमा प्रदेशमा एक हजार पाँच सय १०, सुदूरपश्चिम प्रदेशमा चार सय चार, प्रदेश १ मा चार सय १७, गण्डकी प्रदेशमा दुई सय ९१, मधेस प्रदेशमा दुई सय २६ र कर्णाली प्रदेशमा एक सय ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।