१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ३० बिहीबार o८:४४:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गर्नुहोस् क्यामेरा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार o८:४४:oo

प्रयोजन
सर्वप्रथम त के प्रयोजनका लागि क्यामेरा चाहिएको हो, त्यो स्पष्ट गर्नुहोस् । आवश्यकताका आधारमा ठूलो/सानो जुनसुकै क्यामेरा किन्न सकिन्छ । जस्तै, विवाहको फोटो र भिडियो खिच्न, वाइल्डलाइफ, घुमफिर तथा सामान्य प्रयोजनका लागि फरक–फरक गुणस्तरका क्यामेरा आवश्यक हुन्छन् । 

बजेट
प्रायः क्यामेरा महँगा हुने गर्छन् । तसर्थ, क्यामेरामा कति बजेट खर्च गर्न सकिन्छ भन्ने पहिले नै यकिन गर्न आवश्यक छ । छोटो समयका लागि चाहिएको हो भने सेकेन्डह्यान्ड वा कम मूल्य पर्ने क्यामेरा किन्न उपयुक्त हुन्छ । 

सेन्सर
क्यामेराको मुख्य भागमध्ये सेन्सर पनि पर्छ । जसले प्रकाशलाई एकत्रित गरेर डिजिटल तस्बिर निकाल्छ । सेन्सर धेरै किसिमका हुन्छन् । एउटै मूल्य पर्ने विभिन्न ब्रान्डका क्यामेरामा पनि फरक–फरक गुणस्तरका सेन्सर जडान गरिएको हुन्छ । फोटो वा भिडियो कस्तो आउने भन्नेमा सेन्सरको भूमिका रहन्छ ।  

लेन्स
लामो, छोटोलगायत सबै दूरीसम्म सजिलै फोटो खिच्न मिल्ने लेन्स भएको क्यामेरा छान्नुपर्छ । फोटोग्राफी नै पेसा भएकाका लागि डिजिटल सिंगल लेन्स रिफ्लेक्स (डिएसएलआर) क्यामेरा उपयुक्त हुन्छ । यसमा आफूलाई चाहिएको गुणस्तरको लेन्स परिवर्तन गर्न मिल्छ ।

भिडियो क्वालिटी
सकभर भिडियो क्वालिटी राम्रो भएको क्यामेरा छान्नुपर्छ । विशेषगरी, डिएसएलआर क्यामेरामा भिडियो क्वालिटी एकदमै राम्रो हुन्छ । पछिल्लो समय बजारमा उपलब्ध निकोन, सोनी र क्यानन ब्रान्डका क्यामेरामा भिडियो क्वालिटी राम्रो भएको पाइन्छ ।