Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ भदौ ३० बिहीबार ०७:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बायर्नले बार्सिलोनालाई हरायो

Read Time : > 1 मिनेट
२०७९ भदौ ३० बिहीबार ०७:२३:००

जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोनालाई २–० ले हराएको छ । समूह सीमा लगातार दुई जितका साथ बायर्न शीर्ष स्थानमा उक्लेको छ । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानेले एक–एक गोल गरेका थिए । बार्यनका पूर्वखेलाडी रावर्टो लेवान्डोस्कीले बार्सिलोनाका लागि शतप्रतिशत गोल अवसर चुकाएका थिए । यसै सिजन उनी बायर्नबाट बार्सिलोनामा आबद्ध भएका हुन् । 

बायर्नको घरेलु मैदानमा बार्सिलोनाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ५०औँ मिनेटमा लुकासले बायर्नलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा सानले बायर्नलाई २–० को अग्रता दिलाए । बार्सिलोनाले घरेलु टोली बायर्नमाथि बल पोसेसन दबाब राखे पनि गोल गर्न सकेन । बार्सिलोनाले दुई खेलबाट तीन अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा छ । यसै समूहमा सिरिए क्लब इन्टर मिलानले भिक्टोरिया पल्जेनलाई २–० ले हरायो । लेवान्डोस्कीले च्याम्पियन्स लिगमा बायर्नविरुद्ध गतिलो प्रदर्शन गर्न नसक्दा खुसी भएनन् । बायर्नमा लेवान्डोस्कीलाई न्यानो स्वागत पाएको थियो । बायर्नमा अझै पनि उनका समर्थक छन् । 

बार्सिलोनाबाट पछिल्लो ६ खेलमा लेवान्डोस्कीले नौ गोल गरेका थिए । एलिआन्ज एरिना रंगशालामा लेवान्डोस्कीले केही सहज गोल अवसर चुकाएका थिए । खेलको १८औँ मिनेटमा लेवान्डोस्कीले डिबक्सभित्र गाभीको पास पाएका थिए । पोस्टभन्दा ६ यार्ड टाढाबाट उनले प्रहार गरेको बल क्रसबारमाथि गयो । यसैगरी, डिबक्सभित्र लेवान्डोस्कीको हेडिङ गोल प्रयासलाई बायर्नका गोलरक्षक मानुएल नुएरले बचाएका थिए । 

 लिभरपुलसँग एज्याक्सको हार 
च्याम्पियन्स लिगमा समूह एमा लिभरपुलले एज्याक्समाथि २–१ को जित निकालेको छ । लिभरपुलको जितमा मोहमद सलाह र जोएल मटिपले एक–एक गोल गरेका थिए । जितसँगै लिभरपुल तीन अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । एज्याक्सका लागि मोहमद कुदुसले एक गोल फर्काएका थिए । खेलको १७औँ मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । खेलको २७औँ मिनेटमा कुदुसले एज्याक्सलाई १–१ को बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा माटिपले लिभरपुललाई २–१ को रोमाञ्चक जित दिलाए । एज्याक्स तीन अंकका साथ तेस्रो स्थानमा छ । यस समूहमा सिरिए क्लब नेपोली तीन अंकका साथ शीर्ष स्थानमा छ । गोलअन्तरमा नेपोलीले लिभरपुल र एज्याक्सलाई पछि पारेको हो । यसैगरी, प्रतियोगितामा बायर्न लेभकुसेनले एट्लेटिको म्याड्रिडलाई २–० ले निराश पार्‍यो । इन्टर मिलानले प्लाजेनलाई २–० ले हरायो ।