मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ३० बिहीबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुई युवक पक्राउ

लागूऔषध नियन्त्रणमा सक्रियता बढाउँदै लमजुङ प्रहरी

Read Time : < 1 मिनेट
२०७९ भदौ ३० बिहीबार ०७:०५:००

जिल्ला प्रहरी कार्यालय लमजुङले धमाधम लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागूऔषध दुर्व्यसनी र ओसारपसार रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले कडाइका साथ जिल्लाको प्रवेशद्वार पाउँदीमा चेकजाँच गर्दै आएको छ ।  

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले सुन्दरबजार नगरपालिका– ७ मा पर्ने लमजुङ पाउँदीबाट बेँसीसहर नगरपालिका– १० का २१ वर्षीय सुमन तामाङ र मर्स्याङ्दी गाउँपालिका– ८ का २३ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको बताए। नारायणगढबाट मंगलबार साँझ बेँसीसहरतर्फ आउँदै गरेको माइक्रोबसमा एक सय ४१ एम्पुल लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको उनले बताए। उनीहरूको साथबाट डाइजेपाम एम्पुल ४७, फेनरगन एम्पुल ४७ र नुफिन एम्पुल ४७ गरी कुल एक सय ४१ एम्पुल लागुऔषध र चार थान सिरिन्ज बरामद गरिएको छ ।

पक्राउमा परेका तामाङ र गुरुङउपर बुधबार लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार लागुऔषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद ३ को दफा १४ को उपदफा १ (झ) बमोजिम लागुऔषध कारोबार गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि २० लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।