१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 03 July, 2024
रासस काठमाडौं
२o७९ भदौ २८ मंगलबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मतपत्र छपाइको प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १६:४४:oo

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

नमुना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो। आयोगले भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्दसूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ। दलले असोज २ र ३ गते आयोगमा बन्दसूचीमा रहेका उम्मेदवारको नाम पेस गर्नुपर्नेछ।

सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सच्याउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समयसीमा राखेको छ। त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ।

रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। त्यस्तै, २३ देखि २९ गतेसम्म दाबी–विरोधका लागि समय राखिएको छ। यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउनेछ। आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ।

ad
ad
ad
ad