१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङ ६१औँ वर्षमा

पूर्वअध्यक्ष स्वर्गीय लक्ष्मीदास मानन्धरको स्मृतिमा स्थापित बाल हितकारी पुरस्कार निःसहाय बालबालिका सेवा आश्रमलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४४:oo

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर अघिल्लो वर्ष दिवंगत भएका संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धरको स्मृतिमा ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ स्थापना गरेको छ । यो वर्ष उक्त पुरस्कार इटहरीमा रहेको श्री निःसहाय बालबालिका सेवा आश्रमलाई दिएको छ । उक्त संस्थालाई ताम्रपत्रसहित ७५ हजार नगद प्रदान गरिएको हो । 

काठमाडौंमा आयोजित समारोहमा संस्थानले वृद्धि र विकास गर्न भूमिका खेल्ने दुईजना कर्मचारीका छोरा र छोरीलाई एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने अनंगमान शेरचन छात्रवृत्ति पुरस्कार धनगढी प्रदेश कार्यालयका तेजबहादुर कुँवरका छोरा पार्शव कुँवरलाई र साल्ट टे«डिङ लोकनाथ जोशी छात्रवृत्ति पुरस्कार विराटनगरका कर्मचारी कृष्णकुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई प्रदान गरिएको छ । छात्रवृत्तिका लागि प्रमाणपत्रसहित मासिक तीन हजार रुपैयाँका दरले दुई वर्षसम्म उपलब्ध गराइने संस्थानले जनाएको छ ।

यस वर्ष कर्पोरेसनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी विष्णुप्रसाद न्यौपाने र सहायकस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी तेजबहादुर कार्की र स्तरविहीन कर्मचारी पुरस्कार राधेश्याम खड्कालाई ३० हजार रुपैयाँ तथा सम्मानपत्रसहितको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट सम्मान गरिएको छ । संस्थानले ३५ हजार रुपैयाँ तथा सम्मानपत्रसहितको ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरबाट सबल रिजाल, सहायकस्तरबाट काजीबहादुर पराजुली र स्तरविहीन पुरस्कार मंगलबहादुर लामालाई प्रदान गरेको छ । कार्यक्रममा कर्पोरेसनको निरन्तर सेवामा रही २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

 समारोहमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले कर्पोरेसनले विभिन्न कालखण्डमा दैनिक उपभोग्य वस्तुमा पु¥याएको योगदान प्रशंसा गर्न योग्य रहेको बताए । यतिमा मात्र सन्तुष्ट नभई अझ सशक्त भएर लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा दिँदै आएको सहुलियत र सेवालाई अझै विस्तार गरी जानु कर्पोरेसनको दायित्व हो ।’

संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानका अध्यक्ष लक्ष्मीदास मानन्धरको अघिल्लो वर्ष निधन भएकोमा अभिभावक गुमाउनुपरेकोमा मर्माहत भएको बताइन् । स्वर्गीय मानन्धरको सक्रियताले संस्थाले विकासको गति लिन सकेको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपभोक्ताको हितका लागि गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूस्ल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा विषम परिस्थितिका बाबजुद पनि उपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको छ भने भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

ad
ad