मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २७ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङ ६०औँ वर्षमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १o:१३:oo

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६०औँ वर्षमा प्रवेश गरेको छ । सन् १९६३ मा नेपालमा नुन आपूर्ति गर्ने उद्देश्यले संस्थानको स्थापना भएको थियो । संस्थानले पहिले नेपालमा आयोडिनरहित ढिके नुन आपूर्ति गर्दै आए पनि पछि आयोडिनयुक्त नुन वितरण गर्नुपर्ने आवश्यकता महसुस गर्दै आयेडिनयुक्त नुन आपूर्ति गर्न थालेको थियो । हाल देशभर आयोडिनयुक्त नुन पु¥याउन सफल भएको जनाइएको छ । 

समय बित्दै जाँदा संस्थानले विभिन्न प्रकारका उद्योग तथा अन्य वस्तुको व्यापार पनि सुरु गरेको थियो । संस्थानकै नेतृत्वमा गोरखकाली रबर उद्योग स्थापना भएको थियो । त्यस्तै, आवश्यकताअनुसार खाद्य उत्पादन, कृषि उत्पादन, निर्माण सामग्री (सिमेन्ट), कागज तथा सम्बद्ध उत्पादन, कोइला, टायर तथा सम्बद्ध उत्पादन, एलपी ग्यास, चिनी, मल, छपाइका लागि चाहिने विभिन्न प्रकारका कागजलगायतका तथा उत्पादन बिक्री गर्दै आएको छ । नेपालका प्रमुख चाडपर्व मानिने दसैँ, तिहार, छठलगायतका अवसरमा संस्थानले सहुलियतपूर्ण पसल सञ्चालन तथा सहयोग गर्दै आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी) लिमिटेड नेपाल सरकारको सार्वजनिक–निजी साझेदारी (पिपिपी) ऐनअन्तर्गत विकासोन्मुख मुलुकका लागि पिपिपीको उपयोगिताको प्रयोगका रूपमा स्थापित नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो ।

सेवाको दीर्घकालीन रूपमा एसटिसीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू (नेपाल सरकारको ग्याजेटमा सूचीकृत)को उचित आपूर्ति र वितरण सुनिश्चित गर्न, कालोबजारी (बजार नियमन र कृत्रिम अभावलाई नियमन गर्न) र नेपालमा औद्योगिक विकासमा ठूलो योगदान पु¥याउँदै आएको जनाइएको छ ।