१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Monday, 24 June, 2024
२o७९ भदौ २५ शनिबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

२८ भदौमा जुम्लामा स्याउ महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार ११:५६:oo

स्थानीय स्याउको प्रवर्द्धन र बजारीकरण गर्नका लागि तेस्रो ‘जुम्ला स्याउ महोत्सव’ आयोजना गरिने भएको छ। भदौ २८ गते जुम्ला सदरमुकाम खलंगा बजारस्थित कृष्ण मन्दिरको प्राङ्गणमा स्याउ महोत्सव हुने भएको हो। 

कान्जिरोवा टाईम्सको आयोजनामा हुन लागेको महोत्सवलाई जिल्लाका आठ पालिका, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बागवानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक कान्जिरोवा टाईम्सका निर्देशक महेन्द्र कार्कीले जुम्ली स्याउको बजारीकरण गरी किसानको आयस्तर बृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको बताए।

कार्कीका अनुसार महोत्सवमा नेपालका ख्याती प्राप्त लोक गायक प्रकाश सपूतसहित स्थानीय कलाकारको सांगीतिक प्रस्तुती रहनेछ। महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारहरुसमेत ल्याएर राख्ने व्यवस्था गरिएको छ।

एक दिन अन्तरक्रिया र एक दिन महोत्सव गरी दुई दिन लाग्ने स्याउ महोत्सवका लागि अनुमानित पाँच लाख खर्चको आँकलन गरिएको छ। महोत्सवमा कृषि विज्ञहरुले किसानको स्याउको स्वाद, गुणस्तर, र साइज परीक्षण गर्ने छन्। उत्कष्ट हुने किसानलाई प्रोत्साहन स्वरुप पुरुस्कृत गरिने आयोजकले जनाएको छ। स्याउबाट बन्ने ब्राण्डी, जाम, जेलि र वाइनको बजारीकरण गरिने पनि बताइएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यसवर्ष चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ। जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउ प्रतिकेजी ४० र ए ग्रेडको स्याउ प्रतिकेजी  ६० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भइरहेको छ।

ad
ad
ad
ad