१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ भदौ २४ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाग्लुङको रायडाँडामा पहिरोका कारण बस्ती जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार ११:२o:oo

जिल्लाको बाग्लुङ नगरपालिका– ११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। केही दिनअघिदेखि जमिन चिरा परेको यस क्षेत्रमा बुधबार बिहान परेको पानीसँगै पहिरो खस्दा दर्जनभन्दा बढी घर प्रभावित भएका छन्। पहिरोले बस्तीभित्रका पाँच घर परिवारलाई पूर्ण रूपमा विस्थापित बनाएको छ भने अन्य १० घर जोखिममा रहेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए।

चर्किएको पहाडको भाग माथिबाट खसेपछि तल्लो भागले धान्न नसकेपछि बस्तीमा क्षति भएको हो। पहिरोले सडक र जंगलसमेत बगाएको छ। पहिरोका कारण स्थानीय ढालनाथ शर्मा, कुलराज शर्मा, वीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर तथा गोठ उच्च जोखिममा पारेको छ। उनीहरूको घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात र गाईवस्तु सुरक्षित स्थानमा सारिएको अध्यक्ष गौतमले जानकारी दिए।

पहिराले स्थानीय युवाहरू मिलेर सञ्चालन गरेको धौलागिरि रामतोला कृषि फर्म बगाएको छ भने स्थानीयले लगाएका सुन्तलाका झन्डै पाँच सय बिरुवा पूर्ण रूपमा नष्ट भएको स्थानीय विष्णु पौडेलले जानकारी दिए। यस क्षेत्रमा जमिन चिराचिरा परेकाले जोखिम थप बढेको उनले बताए।

माथिबाट बग्दै गएको पहिरोले यहाँको तमाखुबारी बस्ती र जैमिनी नगरपालिका– १ को ओडार बस्ती पनि जोखिममा परेको छ। ‘पानी नपर्दा पनि माटो नियमित बगिरहेको छ,’ वडाध्यक्ष गौतमले भने, ‘अहिलेको परिस्थितिमा हेर्दा यस क्षेत्रका सबै बस्ती जोखिममा छन्। धेरैलाई अन्यत्र स्थानान्तरण गर्न लागेका छौँ। कोही सरिसक्नुभयो भने कोही सुरक्षित स्थानको खोजीमा हुनुहुन्छ।’ पहिरोले बस्ती नै जोखिममा भएपछि जिल्ला दैविक प्रकोप समितिलाई जानकारी गराइएको छ।

ad
ad
ad
ad