मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ २० सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्मल लामा बहुप्राविधिक शिक्षालयको चार भवनको शिलान्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १७:१८:oo

महोत्तरीको बर्दिवास नगरपालिका– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको भवनको शिलान्यास गरिएको छ। झन्डै एक अर्ब पाँच करोड लागतमा निर्माण हुन गइरहेको चारवटा भवनको पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार शिलान्यास गरेका हुन्।

कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा नै देश विकासको मूल स्तम्भ भएको बताए। नेपालको प्राविधिक शिक्षाको विकासमा कोरिया सरकारको निरन्तरको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा समेत नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर सहयोगको अपेक्षा रहेको बताए।

मन्तव्यमा चुनाव र राजनीतिबारे चर्चा नगरेका प्रचण्डले आफ्नो सम्पूर्ण भाषणमा शिक्षाको महत्व र शिक्षा सुधारका लागि चाल्नुपर्ने कदमबारे धारणा राखे। शिक्षालयले छोटो समयमै शिक्षाको गुणस्तरीयताबारे एउटा मापदण्ड र उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ। 

सिटिइभिटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय यस शिक्षालयले प्राविधिक विषयका सातवटा कार्यक्रम सञ्चालन गरिरहेको छ। २०७५ सालमा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन्।