अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकले भारत अब विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको देखाएको हो ।
हाल भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) तीन हजार आठ सय ९४ अर्ब डलर रहेको छ । एक दशकअघिसम्म भारतको अर्थतन्त्र विश्वको ११औँ स्थानमा थियो । एक दशककै अवधिमा भारतले ठूलो फड्को मारेको हो ।
आइएमएफको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा भारतीय अर्थतन्त्र सात प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । अहिले विश्वको कुल जिडिपीमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ ।