मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १८ शनिबार ११:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुढीगण्डकी बनाउन कम्पनी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १८ शनिबार ११:०२:००

सरकारले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीको सेयर स्वामित्व हुने गरी बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड नामक पब्लिक कम्पनी स्थापना गरिएको हो ।

कम्पनीको अधिकृत चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको छ । त्यसमा संस्थापक सेयरधनीले ८० प्रतिशत अर्थात् १६ अर्ब रुपैयाँ लगानी गर्नेछन् । बाँकी रहेको २० प्रतिशत सेयरमा १० प्रतिशत स्थानीय र १० प्रतिशत सर्वसाधारणलाई दिइनेछ । 

संस्थापक सेयर १६ अर्ब रुपैयाँमा ऊर्जा मन्त्रालयको ५० प्रतिशत सेयर हुनेछ । यसैगरी अर्थ मन्त्रालयले ३० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशत सेयर लगानी गर्नेछ । कम्पनीको एक कित्ता सेयरको मूल्य एक सय रुपैयाँ तोकिएको छ ।

बुढीगण्डकी आयोजना पछिल्लोपटक चीनको गेजुवालाई बनाउन दिइएको थियो । तर, गत चैतमा सरकारले स्वेदशी लगानीमा बनाउने गरी गेजुवा ग्रुप कर्पाेरेसन (सिजिजिसी)बाट उक्त आयोजना खोसेको थियो । त्यसपछि गत असारमा उक्त आयोजना बनाउन कम्पनी खोल्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसपछि ऊर्जा मन्त्रालयले बुढीगण्डकी बनाउन कम्पनी नै स्थापना गरेको हो ।