मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १५ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ १५ बुधबार १९:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङमा डेंगुको प्रकोप : संक्रमितको संख्या ११४ जना पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १५ बुधबार १९:१९:oo

धादिङमा डेंगु बिरामीको संख्या एक्कासि बढेको छ। स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पताल आएका एक सय १४ जनामा डेंगु संक्रमण भेटिएको हो। टाउको दुख्ने, ज्वरो आउनजस्ता समस्या भएर चेकजाँचका लागि अस्पताल आएका अधिकांश बिरामीहरूमा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए।

पछिल्लो समय धादिङमा डेंगुको प्रकोप नै फैलिएको छ। उनले भने, ‘यो आर्थिक वर्षमा साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी एक सय १४ जनामा डेंगु देखिएको हो। स्वास्थ्य परीक्षणका लागि अस्पतालमा आएका बिरामीको रगत परीक्षणपछि डेंगु रोगको संक्रमण पुष्टि भएको हो। विगतका वर्षहरूमा भन्दा यो वर्ष संक्रमितको संख्या उच्च देखिन्छ। धादिङवासी त्रसित बनेका छन्। स्वास्थ्य संस्था प्रकाेप न्यूनीकरण तथा उपचारमा केन्द्रित भइरहेको छ। तर, नागरिक आफैँ पनि सचेत रहनुपर्छ।’