एकीकृत समाजवादीनिकट युवा संघले मेची–महाकाली युवा जागरण अभियान सुरु गर्ने भएको छ। बुधबारबाट २३ भदौसम्म चल्ने अभियानमा खटिने संघका नेता तथा कार्यकर्तालाई अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच बिदाइ गर्दै छन्।
‘खर्चिला उम्मेदवार बहिष्कार गरौँ, लोकतन्त्र सुदृढ गरौँ’, कृषि उत्पादन बिक्रीको सुनिश्चितता गरौँ, देशलाई समृद्धिको बाटोमा अगाडि बढाऔँ, श्रमिकलाई सम्मान र श्रमप्रति गर्व गरौँ, रोजगारीको सिर्जना गर्दै युवा पलायनलाई रोकौँ, सार्वजनिक क्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार गरौँ, स्वदेशमै पढ्न पाउने व्यवस्था गरौँ’ जस्ता नारा तय गरिएको संघका अध्यक्ष नरेश शाहीले नयाँ पत्रिकालाई जानकारी दिए।