मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १४ मंगलबार ११:१७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तिजमा मौलिकता झल्काउने शृंगार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार ११:१७:oo

फेसन टिप्स

रातो सारी, कुर्ता, लेहेंगा र गरगहनासँगै चुरा, पोते र धागो पनि तिजमा अत्यधिक प्रयोग हुन्छन् । महिलाले मौलिकता झल्काउने यी शृंगारलाई आफ्नो सौभाग्यका रूपमा लिने गरेका छन् । 

पोते 
रातो, पहेँलो, हरियो तथा गुलाबी रङका पोते, अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोतेले तपाईंलाई आकर्षक देखाउँछन् । तिजमा विशेष गरी विवाहित महिलाको राजाइमा रातो पोते पर्छ । 

धागो 
तिजको वेलामा धागोले महिलाको केशको शोभा बढाउँछ । सारीको रङसँग मिलाएर केशमा धागो लगायो भने आकर्षक देखिन्छ । धागो लगाएर नाच्दा नेपाली मौलिक पहिचान झल्किन्छ । रातो टीका र सिउँदोभरि लगाइएको सिन्दूरका साथमा धागो केशअनुसार ठूलो, सानो र मध्यम आकारमा बनाएर धागो लगाउँदा आकर्षक देखिन्छ । 

चुरा 
रातो चुरा, सिउँदोभरि सिन्दूर, रातो सारी, धागोले बाँधेको केश र चुराले महिलालाई आकर्षक देखाउँछ । अहिले लाख, मेटल, रबर, सिप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरा चलेका छन् । हरियो र रातो रङमा उपलब्ध मेटल बेस चुरा हेर्दा निकै आकर्षक देखिन्छ । 

टीका 
टीकाले महिलाको सौभाग्य तथा सौन्दर्य उजागर गर्छ । टीकामा स्टोन राखिएको डिजाइन विशेषतः तिजका वेला धेरै चल्छ । बजारमा धेरै थरिका टीका पाइन्छन्, पहिरनअनुसारको टीका लगाउँदा राम्रो हुन्छ । 

जुत्ता 
अहिले विशेष गरी मखमल र ढाका जुत्ता पनि बजारमा आएका छन् । यो जुत्ता लगाएर नाच्न–उफ्रन पनि सजिलो हुन्छ । यो जुत्ता सारीसँग मिलाएर लगायो भने थप आकर्षक देखिन्छ ।