मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Thursday, 19 December, 2024
उपेन्द्र खनाल मुक्तिनाथ
२o७९ भदौ १४ मंगलबार १o:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अफ सिजनमा पनि मुक्तिनाथमा धार्मिक पर्यटकको भिड

Read Time : < 1 मिनेट
उपेन्द्र खनाल, मुक्तिनाथ
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार १o:१८:oo

धार्मिक क्षेत्र मुक्तिनाथमा अफ सिजनमा पनि धार्मिक पर्यटकको भिड बढेको छ । अहिले दैनिक आठ सयदेखि एक हजारको हाराहारीमा मुक्तिनाथ दर्शनका लागि भक्तजन आउने गरेका छन् । 

पूजा र दर्शन गर्न आउने सिजन नभए पनि यतिखेर दैनिक हजारौँको संख्यामा भक्तजन आउने गरेको मन्दिरका सहायक पुजारी दधिराम उपाध्यायले बताए । ‘अहिले सिजन सुरु भइसकेको छैन । सिजन असोज लागेपछि सुरु हुन्छ । तर, अहिलेदेखि नै मन्दिरमा दर्शनका लागि आउनेको घुइँचो लागेको छ । सिजन नहुँदा त मन्दिरमा लाइन मिलाउन र पूजा गर्न निकै समय लाग्छ । मन्दिरपरिसरमा दर्शनार्थीको लामो लाइन लाग्छ । सुरक्षाकर्मीलाई पनि लाइन मिलाउन हम्मे–हम्मे हुन्छ ।

मन्दिरमा स्वदेशका मात्र नभई विदेशबाट समेत भक्तजनहरू पूजाका लागि आउने गर्छन् । त्यसमा पनि सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुन्छन् । ‘बिहान पूजा र बेलुका आरती गर्नुहुन्छ । मन्दिरको कुण्डमा स्नान गर्नुहुन्छ अनि जानुहुन्छ,’ उनले भने । यो क्षेत्रमा भगवान् शालिग्रामस्वरूप रहेको हुँदा यहाँ शालिग्रामको दर्शन गर्न भक्तजनहरू आउने गर्छन् ।

पछिल्लो समय मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने सडक बाटो सजिलो भएको छ । कागबेनीबाट मुक्तिनाथसम्म कालोपत्रे गरिएको छ भने लेते, जोमसोम, घाँसालगायतका ठाउँमा पनि सडक विस्तार भएको छ । सिजनको समयमा आउने धार्मिक पर्यटकको व्यवस्थापन गर्नै सकस हुने गरेको मन्दिर सुरक्षार्थ खटिएका प्रहरी जवान रामप्रसाद बजगाईंले बताए ।