
निर्वाचनका लागि उम्मेदवार छान्नमा दलहरू व्यस्त
मंसिर ४ मा हुने संघीय तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दलहरू त्यसको तयारीमा लागेका छन् । निर्वाचनको तयारीमा जुटेका दलहरू हाल उम्मेदवार छान्नमा व्यस्त देखिएका छन् ।
सोही क्रममा एकीकृत समाजवादी कास्की क्षेत्र नम्बर २ ले संघीयसँगै प्रदेशका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय संयोजक देवेन्द्र बास्तोलाको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले संघीय निर्वाचनका लागि अर्थात् प्रतिनिधिसभाका लागि तुलबहादुर गुरुङ, भरत बस्नेत, मदन आचार्य, शिवजी गुरुङ, दाताराम आचार्य र शर्मिला पौडेलको नाम सिफारिस गरेको हो ।
सोही क्षेत्रअन्तर्गत प्रदेशसभातर्फ २ ‘क’ का लागि झपिन्द्र रेग्मी, खड्ग हमाल, शिवराज आचार्य, प्रेम थापा, दानकुमारी शर्मा, सीता पौडेल, रामचन्द्र पौडेल, मोतीराम बराल र लेखराज भण्डारीकाे नाम सिफारिस गरिएकाे छ ।
यसैगरी प्रदेश सभा २ ‘ख’ का लागि देवेन्द्र बास्तोला, रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा, कृष्ण पराजुली, सुशील बस्नेत, रवीन्द्रराज पौडेल, बुद्धि रानाभाटको नाम सिफारिस गरिएको छ ।