१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Sunday, 29 September, 2024
विवेक पोख्रेल काठमाडाैं
२o७९ भदौ ८ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहमति भए प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार छु : मन्त्री यादव

Read Time : < 1 मिनेट
विवेक पोख्रेल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार ११:३o:oo

जनता समाजवादी पार्टी (जसपा) बाट वनमन्त्री बनेका प्रदीप यादवले सहमति भए आफूले जितेको निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्न तयार रहेको बताएका छन् । बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोधसमेत गरे ।

उनले भने, ‘म पर्साबाट प्रतिनिधिसभा सदस्य बनेको हुँ, हामीले प्रचण्डजस्तो नेता पाउन सकेका छैनौँ । म उम्मेदवारबाट पछि हटेर उहाँलाई मेरै क्षेत्रको उम्मेदवार बनाउने इच्छा छ ।’ उनले प्रचण्डविना गणतन्त्र र यो व्यवस्था सम्भव नभएको उल्लेख गरे । 

उनले आफ्नो र प्रचण्डको विचार एउटै भएको बताए ।  प्रचण्डबाट आफू प्रभावित भएको बताउदै उनले पार्टी  फरक  भए पनि  विचार र सिद्धान्त एउटै भएको उल्लेख गरे ।