प्रदीप गिरिको निधनमा शोक व्यक्त गर्दै कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । गिरिको निधनपछि पार्टी केन्द्री कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए । शर्माका अनुसार बैठकले त्यस अवधिमा श्रद्धाञ्जलीबाहेक अरू कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
१३ दिनसम्म पार्टी कार्यालयहरूमा शोकपुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको छ । कांग्रेसले गिरिको निधन भएको १३औँ दिन आगामी १६ भदौमा केन्द्रीय कार्यालय तथा सबै जिल्ला कार्यालयमा शोकसभा गर्ने भएको छ ।
घाँटीको क्यान्सरबाट पीडित गिरिको हिजो राति साढे ९ बजे उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।