१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ४ शनिबार १o:१६:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डाक्टरको सुझाव :  मेहेन्दी लगाउनुअघि यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार १o:१६:oo

विवाहित तथा अविवाहित महिलाले हरियो चुरा–पोते र मेहेन्दी लगाउने प्रचलन छ । महिला दिदिबहिनीले विभिन्न आकृतिको मेहेन्दी लगाएको देखिन्छ । सुन्दरताको मेहेन्दी लगाउनु राम्रो पनि हो ।

डा. एलिज अर्याल

तर, मेहेन्दीले छालालाई नकारात्मक असर पनि गरिरहेको हुन्छ । मेहेन्दी लगाउनुहुँदैन भन्न खोजेको होइन । पछिल्लो समय बजारमा विभिन्न प्रकारका केमिकल मिसिएका मेहेन्दी पाइन्छ । यस्ता मेहेन्दीले सुन्दर देखाए पनि स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

मेहेन्दीले छालामा एलर्जी हुने, पानी फोका हुने, छाला फुट्नेजस्ता समस्या देखा पर्न सक्छन् । मेहेन्दी लगाएको हातले शरीरका अन्य भाग छुएमा पनि असर गर्न सक्छ । नाक र आँखा पनि एलर्जी हुन सक्छ । त्यसको गन्धले पनि कतिपयलाई सास फेर्न गाह्रो हुन्छ ।

त्यसैले लगाउनुअघि बजारमा कस्ता खालको मेहेन्दी आएको छ, बुझेर मात्रै लगाउने गर्नुपर्छ । मेहेन्दी लगाएको ठाउँमा पोल्न सक्छ । दीर्घरोग भएका दिदी–बहिनीका लागि झन् खतरा हुन्छ ।

यसले अर्काे समस्या पनि हुन सक्छ । झमझमाउन सक्छ । यस्तो लक्षण देखिएमा डाक्टरको सम्पर्कमा बस्नुपर्छ । असर देखिएमा तुरुन्तै उपचारमा लाग्नुपर्छ । सबैले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।