१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ४ शनिबार o६:५२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

युरोप धनी कसरी भयो ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार o६:५२:oo

किन यति धेरै मुलुक गरिबै छन् जब कि केहीचाहिँ अत्यन्तै धनी भए ? हामी किन र कहाँ छौँ भन्ने बुझ्न सहयोग गर्ने स्रोतहरू 

सन् २०२० मा विश्वले सन् १९३० को दशकको महामन्दीयताकै सबैभन्दा ठूलो आर्थिक संकुचन देख्यो । हामी अहिले फेरि सन् १९७० यताकै उच्च स्फीतिसँग जुझिरहेका छाैँ । औद्योगिक क्रान्ति किन अठारौँ शाताब्दीमै र किन पश्चिम युरोपमै सुरु भयो ? किन यति धेरै मुलुक गरिबै छन्, जब कि केहीचाहिँ अत्यन्तै धनी भए ? अनि विगतको तुलनामा आहिलेको कामको स्वरूप कस्तो छ ? यी प्रश्नको उत्तर पाउन, आर्थिक इतिहास पल्टाउनु जरुरी हुन्छ । विश्व अर्थतन्त्र किन र कहाँ छ भन्ने बुझ्न सहयोग गर्ने उत्तम अध्यनन सामग्री यी हुन सक्छन् :

द वर्ल्डली फिलोसोफर्स : रोबर्ट हल्ब्रोनर 
यो आर्थिक अवधारणाको इतिहासमा रुचि हुनेका लागि सबभन्दा उपयुक्त पुस्तक हो । पहिलोपटक सन् १९५३ मा प्रकाशित यो पुस्तकले आदम स्मिथदेखि थोमस माल्थस र कार्लमाक्र्ससम्मका प्रारम्भिक अर्थशास्त्रीलाई समेटेको छ । यो पुस्तक सरल र कुराकानीको शैलीमा लेखिएको छ । के आदम स्मिथ साँच्चै स्वतन्त्र–बजारका कट्टर पक्षधर हुन् ? सैद्धान्तिक बहसमा नअल्झीकन माक्र्सको पुँजीवादको पतनसम्बन्धी सिद्धान्तलाई उचितबोध गर्ने सवालमा यो पुस्तक अतुलनीय छ । प्रारम्भिक अर्थशास्त्रीबारे अझ सटिक र मिहिन ढंगले केलाइएको र सशक्त पुस्तकचाहिँ राजनीतिक अर्थशास्त्री जोसेफ सुम्पेटरको ‘हिस्ट्री अफ इकोनोमिक एनालाइसिस’ हो, तर त्यो अलि निरस छ । त्यसैले, हेलब्रोनरको ‘द ओल्र्डली फिलोसोफर्स’ बढी उत्तम हुन्छ । यो पुस्तक छोटो पनि छ, केही घन्टामै पढ्न सकिन्छ ।

द हन्ड्रेड इअर्स वार, भोल्युम्स १–४  : जोनाथन सुम्पनस
सयवर्षे युद्धको शृंखला पुँजीवाद सुरु हुनुभन्दा निकै पहिलेको हो । सन् १३४८ को ‘ब्ल्याक डेथ’भन्दा केही पहिलेबाट सुरु भएर १५औँ शताब्दीको मध्यताका समाप्त भएको सयवर्षे युद्ध इंग्ल्यान्डले थोपरेको फ्रान्सेली गृहयुद्ध थियो । यो पुस्तकले पुँजीवादभन्दा पहिले विभिन्न सरकार र राजनीति के–कति फरक थिए, १८औँ शताब्दीपछि तिनमा के परिवर्तन भयो भनेर देखाउँछ । राजाहरू आर्थिक वृद्धिबारे पर्वाह गर्दैनथे, अथवा उनीहरूलाई आर्थिक वृद्धि के हो भन्ने नै थाहा थिएन, उनीहरू कीर्ति चाहन्थे । कीर्ति राख्ने उद्देश्यका लागि उनीहरू रैतीलाई विनासुझ कर लगाउनमै खुसी थिए । राजाहरू अक्सर विजित भूमिलाई उत्पादनशील उद्देश्यमा लगाउनेभन्दा पनि बर्बाद गर्न नै उद्यत् रहन्थे । यो पुस्तकको चार ठेली छन्, पाँचौँ पनि आउँदै छ । तर, पूरै पढ्ने धैर्य नहुनेलाई चौथो ठेलीमा रहेको ‘मेन एट अर्मस’ सबभन्दा उत्तम छ, जसले युद्धको अर्थशास्त्रबारे जान्नुपर्ने सबैथोक बताउँछ । 

अ कल्चर अफ ग्रोथ : जोयल मोक्यर
यो पुस्तकले किन युरोप नै औद्योगीकृत हुने पहिलो क्षेत्र भयो भन्ने प्रश्नको विस्तृत विवरण दिन्छ । स्वतन्त्र बहस र स्वतन्त्र बजारका आवधारणा दैनिक जीवनमा कसरी घुलमिल भए भन्ने देखाउन संस्थाहरूमा केन्द्रित छ । सन् १६६० मा लन्डनमा स्थापित प्रसिद्ध संस्था रोयल सोसाइटीबारे मोक्यर प्रशस्तै कुरा गर्छन् । रोयल सोसाइटी विभिन्न वैज्ञानिकबीच उग्र असहमतिको स्थल थियो, जसले आफूलाई मानवता सुधारको साझा उद्देश्यका निम्ति काम गरिरहेको ठान्थ्यो । औद्योगीकरण किन युरोपमै भयो त ? निःसन्देह यसमा भूगोलले भूमिका खेल्यो । युरोप थुप्रै राज्यमा विभाजित भएकाले एउटा तेज बौद्धिक व्यक्ति सत्ताको प्रकोपमा पर्दा सजिलै अन्त जान सक्थ्यो विनाअवरोध । जब कि अन्य अधिकांश स्थानका स्वतन्त्र विचारकसँग सत्ताबाट उम्किने मार्ग एकदमै कम थियो । 

वार एज एन इकोनोमिक एक्टिभिटी इन द ‘लङ’ एटिन्थ सेन्चुरी : एनएमएम रोजर 
यो सन्देश गहन भएको तर गम्भीरताका साथ नलिइएको छोटो जर्नल लेख हो, जुन प्रविधिको भूमिकामाथि केन्द्रित छ । सत्रौँ र अठारौँ शताब्दीमा पुँजीवादको उभारलाई बुझ्न नौसेनालाई बुझ्नैपर्ने हुन्छ । एक सफल नौसैनिक हुन तपाईंसँग राम्रा जहाज पर्याप्त संख्यामा हुन आवश्यक हुन्छ । समुद्रमाथि राज गर्न चाहने मुलुकले प्रविधिगत नवप्रवद्र्धनमा भारी लगानी गर्नुपर्ने हुन्छ । बदलामा यसको प्रभाव बाँकी अर्थतन्त्रमा पोखिन्छ । यसबाहेक, आफूसँग कुशल कर्मचारीतन्त्र पनि हुन आवश्यक हुन्छ । दृष्टान्तका लागि हजाराैँ किलोमिटर पर जहाजहरूको आपूर्तिलाई नै लिऔँ । यसले सरकारलाई अझ उत्कृष्ट बन्न प्रोत्साहित गर्छ । उत्कृष्ट जलसेना भएका देशहरूमा नै सबभन्दा परिष्कृत अर्थतन्त्र हुनु कुनै संयोग होइन, यहीकारण सत्रौँ शताब्दीमा डच, अठारौँ शताब्दीमा फ्रान्स अनि १९औँ शताब्दीमा बेलायत हाबी रहे । 

इन्क्लोजर्स, कमन राइट्स एन्ड वुमन : द प्रोलेटेरियानाइजेसन अफ फ्यामिलिज इन द लेट एटिन्थ एन्ड अर्ली नाइन्टिन्थ सेन्चुरिज : जेन हम्फ्रेरिज द जर्नल अफ इकोनोमिक हिस्टोरी : भोल्युम ५० अंक १
यो आलेखमा एउटा पूूरै किताबले दिनेजत्तिकै अन्तरज्ञान समावेश छ । लेख पुँजीवाद आएपछि जीवनशैली कसरी परिवर्तन भयो भन्नेमा केन्द्रित छ । १७औँ शताब्दीदेखि १८औँ शताब्दीको पछिल्लो अवधिसम्मको प्रारम्भिक पुँजीवादी विकासको अवधिमा धेरैजसो मानिस घरमै सानो स्तरका म्यानुफ्याक्चरिङ (उत्पादन) उद्योगहरूमा काम गर्थे । तर, भिक्टोरियन युगमा अधिकांश मानिस ठूला कारखानामा पुगे । यसले मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पा¥यो । एक त बच्चाहरूको हेरचाह गर्न मुस्किल भयो । मानिसहरू धेरैजसो समय सहरमै बस्ने र यदाकदा मात्रै घर आउन थालेपछि घरमै खानेकुरा उत्पादन गर्न झन्–झन् कठिन हुँदै गयो । समयमाथिको उनीहरूको नियन्त्रण गुम्दै गयो । कारखानाका मालिकलाई बिहान ६ बजेदेखि नै कामदार चाहिन थाल्यो । यो खोजपत्रले मानिसको भौतिक कल्याणमा चमत्कारपूर्ण सुधारका बाबजुद पुँजीवादका अवगुण उजागर गर्छ । 

द क्लासिकल स्कुल : द टर्बुलेन्ट बर्थ अफ इकोनोमिक्स इन ट्वान्टी एक्स्ट्राअर्डिनरी लाइभ्स : काललुम विलियम्स 
यो पुस्तकले आदम स्मिथदेखि डेभिड रिकार्डाे र रोजा लक्जेम्बर्गसम्मका २० प्रभावशाली प्रारम्भिक अर्थशास्त्रीको बौद्धिक परिभ्रमण गरेको छ । पुस्तकमा केही शास्त्रीय अर्थशास्त्रीको विचार र जीवनबारे उपयोगी जानकारी पाइन्छ ।