मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Tuesday, 01 September, 2026
२o७९ भदौ ३ शुक्रबार १३:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

देश छाडेर भागेका श्रीलंकाली पूर्वराष्ट्रपति गोटावायले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १३:४३:oo

श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्ने गरी आवेदन दिएका जनाइएको छ। उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका समाचारमा उल्लेख छ।

श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुंगाले गोटावाय अमेरिका जाने तयारीमा रहेका जानकारी दिए। पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिने विरातुंगाले थाइल्यान्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताएका छन्। पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए।

तर, कानुन व्यवसायीहरूसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेका डेली मिरर पत्रिकाले लेखेको छ। उच्च स्राेतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेका बताइएको छ। उनीहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरू प्रयोग गरिएका छन्।  

मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आमनागरिक आन्दोलनमा उत्रिएर निवास घेर्न थालेपछि उनी देश छोडेर भागेका हुन्। उनी सुरुमा म्यानमार र पछि थाइल्यान्ड हुँदै सिंगापुर पुगेका थिए।

उनले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन्। नयाँ जिम्मेवारी पाएका नेताहरूले संकट समाधानको प्रयास गरिरहेका छन्। रासस/एएनआई