मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयकको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १२:५१:oo

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नेमकिपाले खारेज गर्न माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध जुलुस निकालेको हो।

प्रदर्शनमा सहभागीले ‘नेपाली लेन्डुपहरू – मुर्दावाद’, ‘देशघाती नागरिकता विधेयक खारेज गर’ भन्दै नारा लगाएका थिए।

विदेशीको प्रभावमा उक्त विधेयक ल्याइएको भन्दै नेमकिपाले विरोध जुलुस निकालेको हो।

६ साउनमा प्रतिनिधिसभा र १३ साउनमा राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा फिर्ता पठाएकी थिइन्।

उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको संसद्को कार्यसूचीमा रहँदा संसद् भवन क्षेत्रमा नेमकिपाले विरोध जुलुस निकालेको छ।

तस्बिरहरु : संजित परियार