राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन मुलुकमा डढेलोसरी फैलिएको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत थापाले यस्तो विचार व्यक्त गरेका हुन् ।
‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ उनले ट्विटरमा लेखेका छन् । थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको पनि जिकिर गरेका छन् ।
गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन । गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो,’ थापाको भनाइ छ ।