Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
अनिल यादव काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २१:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निहारिका बलात्कारका आरोपित जनकपुरबाट पक्राउ

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार २१:०९:००

निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । 
श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट भर्खरै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । 

न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई हिजो मात्रै कानुनमन्त्री गोविन्द बन्दीले भेटी आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका थिए । 

काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत निहारिकाले भने आफूले न्याय नपाउँदासम्म अनशन नतोड्ने अडान लिएकी छिन् । त्यसअघि उनले शुक्रबार राष्ट्रपतिनिवासअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । 
निहारिकाले आरोपितको पक्राउ, आरोपित र बच्चाको डिएनए परीक्षणलगायतका माग राखी अनशन गरिरहेकी छिन् ।