मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा तनावकाे अवस्था, प्रहरी–स्थानीय आमने–सामने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ११:४७:००

आफ्ना माग सम्बोधन नभई फोहोर फाल्न नदिने अडानमा रहेका बन्चरेडाँडाका स्थानीयले आज पनि अवरोध गरेका छन् । 

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रभावित स्थानीय सडकमा भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । यस्तै, वृद्धवृद्धा तथा महिलाहरूसमेत डाँडा–डाँडामा भेला भएका छन् ।

बन्चरेडाँडा क्षेत्रमै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका चार दर्जनभन्दा बढी प्रहरी परिचालित छन् । स्थानीयले माइकिङ गर्दै जबर्जस्ती नगर्न प्रहरी र गाडीचालकहरूलाई चेतावनी दिएका छन् । 

उनीहरूले माइकिङबाटै प्रहरीले लगाएको झुटाे मुद्दा खारेज गर्न, प्रहरी दमन रोक्न र स्थानीयका माग सम्बोधन गर्न आग्रह गरेका छन् । 

आफ्ना माग पूरा नगरी प्रशासन दमनमा उत्रिए मुठभेडको अवस्था उत्पन्न हुने र त्यसको जिम्मेवार राज्य हुनुपर्ने उनीहरूको चेतावनी छ । 

स्थानीय विरोधमा उत्रिएपछि काठमाडौंबाट फोहाेर लिएर गएका कुनै पनि टिपरले फोहोर फाल्न सकेका छैनन् । आज बिहानैदेखि स्थानीय विरोधमा उत्रिएपछि फोहोर लिएर गएका गाडी ककनी गाउँपालिकाको कागतीगाउँमा रोकिएका छन् ।