१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ३१ मंगलबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीयको अवरोध हटेपछि ४० कन्टेनर फोहोर बन्चरेडाँडा पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार ११:४३:oo

स्थानीयले अवरोध हटाएपछि मंगलबार बिहानभरि ४० कन्टेनर फोहोर बन्चरेडाँडामा विसर्जन गरिएको छ। सोमबार बिहान र दिउँसो स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका कन्टेनर ओखरपौवा क्षेत्रमा रोकिएका थिए ।

तर, सोमबार साँझ महानगरले स्थानीयका माग सम्बोधन गर्ने सहमति गरेपछि बेलुकीदेखि नै फोहोरका कन्टेर बन्चरेडाँडातर्फ पठाइएको थियो । स्थानीयवासीले अवरोध नगरे मंगलबार दिनभरि करिब दुई सय टिप फोहोर विसर्जन हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान महानगरको टोलीले सिसडाेल र बन्चरेडाँडा क्षेत्रको अवलोकन गरेको छ। स्थानीयले फोहोरमा अवरोध नगरेका कारण निरन्तर फोहोरका गाडी गुडिरहेको प्रवक्ता मानन्धरले बताए । उनका अनुसार अवरोध नभए दुई–तीन दिनमा उपत्यकामा थुप्रिएको फोहोर हटाउन सकिनेछ ।

ad
ad
ad
ad