१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार २१:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुवेत जान लागेका पाँच महिला विमानस्थलबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार २१:००:००

भिजिट भिसामा कुवेत जान लागेका पाँच महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नाता प्रमाणीकरणलगायतका कागजातहरू प्रारम्भिक छानबिनमा शंकास्पद देखिएपछि उनीहरूलाई अध्यागमन कार्यालयले फिर्ता गरी प्रहरीको जिम्मा लगाएको हो । विमानस्थल प्रहरीले ती कागजपत्र छानबिन गर्न पाँचैजनालाई गौशाला वृत्तमा पठाएको छ ।   

पक्राउ पर्नेहरूमा पर्वतकी अन्जु बोहोरा, धादिङकी माया तामाङ, झापाकी सोमी धिमाल, दाङकी पार्वती सार्की र बर्दियाकी करुवासिंह ठकुरी रहेका छन् । विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार र बिहीबार मात्र भिजिट भिसामा खाडी देश जान लागेका ५० भन्दा धेरैलाई ‘अफलोड’ गरेको छ ।