Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १७:०६:००

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । 
बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका पाँचजनाले आज सर्वोच्चमा संयुक्त रिट निवेदन दिएका हुन् । गत ९ साउनमा सरकारले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । 
बोर्ड अध्यक्षका लागि केसीसहित सुनीलकुमार पोखरेल, दीपक श्रेष्ठ, सम्झना उप्रेती रौनियार, नरेशकुमार पौड्याल, अरुणकुमार प्रधान, सुष्मा कार्की, मनीष पण्डित, निर्मलराज ढकाल र सुचित्रा श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । 
उनीहरूमध्येका नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनीष पण्डित र सुचित्रा श्रेष्ठले रिट दायर गरेका हुन् । निवेदकहरूले नाजायज तरिकाले मापदण्ड संशोधन गरी केसीलाई नियुक्त गरिएको दाबी रिटमा गरेका छन् । रिटमाथि पहिलो सुनवाइ ३० साउनका लागि तोकिएको छ । 
मन्त्रिपरिषदबाट नियुक्तिको निर्णयअघि सूचाना प्रविधि तथा सञ्चार मन्त्रालयले सर्ट लिस्टमा परेकाहरूमध्येबाट तीनजनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिसमा केसी पहिलो नम्बर थिए । ९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सोही सिफारिसअनुसार केसीलाई अध्यक्ष नियुक्त गरेको थियो ।

निवेदकहरूले अध्यक्षमा केसीलाई नियुक्ति दिनकै लागि न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था संशोधन गरी प्लस टू उत्तीर्ण हुनुपर्ने व्यवस्था राखिएको दाबी गरेका छन् ।