१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Wednesday, 26 June, 2024
रासस बाग्लुङ
२o७९ श्रावण २५ बुधबार २१:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पहिराले दुईपटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

Read Time : < 1 मिनेट
रासस, बाग्लुङ
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार २१:४४:oo

गएराति गएको भीषण पहिराका कारण बाग्लुङको बडिगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो । 

आज बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिए । अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताए । 

पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो । खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिए । पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ । 

पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ । सडक पूर्ण रूपमा ठप्प भएपछि ढोरपाटनदेखि बाग्लुङ, पोखरा, काठमाडौंलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन् ।
 

ad
ad
ad
ad