मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २५ बुधबार १७:१७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा पत्रकार पक्राउको निन्दा, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १७:१७:००

पाकिस्तानभरका पत्रकारले एआरवाई न्युजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन् । उनलाई आज कराँचीबाट पक्राउ गरिएको हो । सादा पोसाकमा प्रहरी अधिकारीहरू उनको घरमा जबर्जस्ती प्रवेश गरेका थिए । पत्रकार संघ र प्रेस क्लबले एआरवाई न्युजका प्रमुख युसुफलाई तत्काल  हिरासतमुक्त नगरे देशव्यापी आन्दोलन आह्वान गर्ने चेतावनी दिएका छन् । पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्टले वक्तव्य जारी गर्दै युसुफको गिरफ्तारीलाई सरकारको ‘लज्जास्पद कारबाही’को संज्ञा दिँदै विरोध गरेको छ । 

उक्त संस्थाहरूले प्रधानमन्त्री सहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न आदेश दिनुपर्ने बताएका छन् । (पिएफयूजे)का महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनै पनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् । देशको सबैभन्दा ठूलो निजी प्रसारक च्यानललाई पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सोमबार कारण देखाउ सूचना पठाएपछि युसुफको गिरफ्तारी भएको हो । 

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ । उनीहरूमाथि देशद्रोह र कथित षड्यन्त्रको आरोप लगाइएको छ । रासस