मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार o६:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनिलिभरको नाफा ७४ प्रतिशतले बढ्यो

क्षमता विस्तार र उत्पादन विविधीकरणमा साढे नौ अर्ब लगानी थप्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार o६:२६:oo

देशको अर्थतन्त्रमा संकुचन आए पनि गत आर्थिक वर्ष ०७८/७९ मा बहुराष्ट्रिय कम्पनी युनिलिभरको नाफा ७४.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब ४५ करोड नाफा कमाएको हो । जबकि, अघिल्लो वर्ष ०७७/७८ मा कम्पनीको नाफा ८६ करोड नौ लाख रुपैयाँ रहेको थियो ।गत वर्ष युनिलिभरले सात अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो । अन्य शीर्षकमा १२ करोड रुपैयाँ नाफा गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । खुद नाफा बढ्नुमा स्किन र हेयर केयरलगायत वभिन्न प्रोडक्टको उच्च बिक्री नै मुख्य रहेको कम्पनीले जनाएको छ । यस्तै, युनिलिभर युरोप बिजनेस सेन्टरलाई इटिएस तथा केन्द्रीय सेवा शुल्कको उचित सेयरबापत तिर्नुपर्ने रकमबापतको ५३ करोड २० लाख रुपैयाँछुट दिएपछि कम्पनीको आम्दानी बढेको बताइएको छ ।

कम्पनीको कच्चा पदार्थ खरिद, कर्मचारीलाई लाभांश, सञ्चालन खर्चलगायत शीर्षकमा पाँच अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । कच्चा पदार्थ खरिदमै तीन अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ भने कर्मचारीलाई लाभांश दिन ५१ करोड ८२ लाख छुट्याइएको छ । यस्तै, कम्पनीले गत वर्षको आम्दानीबाट राज्यलाई ३३ करोड ७६ लाख रुपैयाँ कर तिरेको देखिन्छ । 

कम्पनीको असार मसान्तसम्म इपिएस १६२८.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३९४०.८३ रुपैयाँ र पिई रेसियो ११.२८ गुणा रहेको छ । कम्पनीको सेयर दोस्रो बजारमा सबैभन्दा बढी मूल्यमा किनबेच भइरहेको छ । आकर्षक लाभांश दिँदै आइरहेको डाबरको सेयर सोमबार प्रतिकित्ता १९ हजार रुपैयाँमा किनबेच भएको थियो ।तीन दशकअघि सात करोड ९८ लाख रुपैयाँमा स्थापना भएको डाबर नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी हो । नेपालमा ०४६ सालको राजनीतिक परिवर्तन नहुँदै स्व. रुक्मशमशेर राणाले डाबरलाई नेपाल भिœयाएका थिए । डाबरले सन् १९८९ मा उद्योग स्थापना सुरु गरेर सन् १९९२ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । डाबर सन् १९८४ मा स्थापित भारतीय बहुराष्ट्रिय कम्पनी हो । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७.५ प्रतिशत र स्व. राणा परिवारको २.५ प्रतिशत लगानी छ ।

नेपालमा मनग्य आम्दानी र नाफा कमाउँदै आएको डाबरले क्षमता विस्तारमा पनि आक्रामक भएको छ । डाबर नेपालले एकैपटक नौ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्न लागेको हो, जसमध्ये चार अर्ब नौ करोड चालू पुँजी र पाँच अर्ब ५९ करोड ६३ लाख रुपैयाँ स्थिर सम्पत्तिका रूपमा लगानी गर्नेछ । उद्योगमा क्षमता विस्तार र उत्पादन विविधीकरण गर्न नेपाल लगानी बोर्डले लगानीको स्वीकृति दिइसकेको छ । डाबरले कतिपय पुरानै उत्पादनहरूको क्षमता बढाउँदै छ भने केही नयाँ प्रडक्टरहरू पनि बजारमा ल्याउने तयारीमा छ । यस्तै, उद्योगमा पुरानो भइसकेको प्रविधिको स्तरोन्नतिमा पनि ठूलै लगानी गर्ने कम्पनीको योजना  छ ।

डाबर नेपालका उत्पादनहरूमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी)मा प्याकेज फुड तथा वेभरेज, पर्सनल केयर, होम केयर, हेल्थ केयर, आयुर्वेदिक फर्मुलेसनलगायत रहेका छन् । डाबरले एक दर्जन बहुराष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन गर्दै आइरहेको छ । डाबरले नयाँ लगानी गरेर १० वटा नयाँ प्रडक्ट थप्न लागेको छ ।