१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : सिन्ह्वा
एजेन्सी एजेन्सी
२०७९ श्रावण २३ सोमबार २०:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ताइवाननजिक चीनको सैन्य अभ्यास जारी रहने

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
२०७९ श्रावण २३ सोमबार २०:१३:००

चिनियाँ सेनाले ताइवाननजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब ६ स्थानमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यसक्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । 
योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवानबीचको सीमारेखा जस्तो प्रतीत हुने मध्यरेखा पनि पार गरेका छन् ।
चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ, तर साभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ । 
यसैबीच, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानलगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।